संघीयता आएपछि जनताले आफ्नै गाउँठाउँमा स्वास्थ्य र शिक्षा पाएका छन् : देउवा

संघीयता आएपछि जनताले आफ्नै गाउँठाउँमा स्वास्थ्य र शिक्षा पाएका छन् : देउवा
सुन्नुहोस्

वीरगन्ज : नेपाली कांग्रेसले मुलुक संघीय व्यस्थामा गएपछि यता स्वास्थ र शिक्षामा नागरिकको सहज पहुँच पुगेको बताएका छन्। मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्‍घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि जनताले आफ्नै गाउँठाउँमा स्वास्थ र शिक्षाको सुविधा पाउन थालेको बताए।

उनले शिक्षा र स्वास्थ्य अति आवश्यक कुरा भएको बताए। पछिल्लो समय स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्ने अभियानमा अगाडि बढिरहेको भन्दै देउवाले भने, 'सरकारले पनि यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।'

पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा भएको उद्‍घाटन कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम लगायतको पनि सहभागता थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.