प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए।