देशभरि रेल सेवा विस्तार गर्नेगरी काम भइरहेको छ : मन्त्री दाहाल

देशभरि रेल सेवा विस्तार गर्नेगरी काम भइरहेको छ : मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुर-जयनगर रेल्वेको घाटा कम गर्ने गरी पूर्वाधारको निर्माणको सुरुवात गरिएको बताएका छन्।

जनकपुर-जयनगर रेलको अवस्थाको स्थलगत अनुगमनपछि बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले रेल्वे वास गर्ने सेन्टरको निर्माण गर्ने काम अन्तिम चरणमा भएकाले वास यही भएपछि भारत पठाउनुपर्ने बाध्यताको अन्त्य हुने र घाटा पनि कम हुँदै जाने बताए। त्यस्तै उनले कार्गो रेल सञ्चालनको तयारीमा सरकार रहेको बताए।

उनले मालबहाक रेल सञ्चालनका लागि भारतसँग पनि सहयोग लिनुपर्ने भएकाले भारतसँग छिट्टै छलफल गर्ने बताए। उनले जनकपुर-जयनगर-बर्दिबास रेल सेवालाई पूर्व पश्चिम रेलमार्गसँगै जोडेर देशभरि रेल सेवाका विस्तार गर्ने गरी काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.