यात्रुको सुरक्षामा खेलवाड नगरौं

यात्रुको सुरक्षामा खेलवाड नगरौं

सार्वजनिक यातायातमा हैरान खेपिरहेका राजधानीवासी दुईपांग्रे ट्याक्सी सेवा सवारीका लागि सहज बनेको छ । झट्ट हेर्दा यात्रुलाई सजिलो, सस्तो यात्रा त छ तर यसमा समस्या पनि उत्तिकै भेटिन थालेका छन् । त्यसो त बेरोजगारीले स्वरोजगार बन्ने अवसर पाएका छन्, दुईचार पैसा कमाएका छन् । यथार्थ जे भए पनि यसको नियमन अब भने निकै ढिला भइसकेको छ । काठमाडौंमा राम्रै रोजाइमा रहेको यो सेवा मोफसलका बजारमा समेत विस्तार हुँदै छन् । लाखभन्दा बढी सवारीसाधन यात्रु ओसारपसारको सेवामा संलग्न भएको तथ्यांक छ । यति धेरै बजार फैलाइरहेको यो ट्याक्सी सेवा नियमनमा भने अहिलेसम्म कानुन बनेको छैन ।

नियमनकारी निकायहरू यसको जिम्मेवारी लिने तहमा छैनन्, बरु कानुन छैन भनेर पन्छिँदै आएका छन् । तर यसका विविध पक्षको अध्ययन गरेर सरकारले कानुन बनाइहाल्नु पर्ने देखिएको छ । अनुसन्धानले कानुन नभएका कारण यो ट्याक्सी सेवालाई जोखिम र असुरक्षित भनेको छ । जसको निष्कर्ष नै कानुन नबनेका कारण यो असुरक्षित बनेको हो भन्ने छ । सरकारले टुटल, पठाओ, इन्ड्राइभ, आयोजस्ता कम्पनी वा सेवाप्रदायक संस्थालाई नियमन गर्ने कानुन बनाउनुपर्ने थियो । दैनिक लाखौं यात्रुले लिइरहेको सेवाको कुनै गुहार माग्ने निकाय अहिलेसम्म बनेको छैन । 

यो निकै लाजमर्दाे अवस्था हो ।

सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसमा सेवा दिने पनि नागरिक नै हुन, लिने पनि नागरिक । तर व्यवसायमा जोडिनेलाई नियमको दायराभित्र राख्नुपर्छ । यात्रु बोकेर आम्दानी गर्नेहरूले यात्रुप्रतिको दायित्व बहन पनि गर्नुपर्छ । यात्रु ओसार–पसारमा हुने दुर्घटनाको क्षतिपूर्ति र उपचार पहिलो सर्त हुनुपर्छ । ट्याक्सीका नाममा चलेका साधन उपयोग गर्नेमाथि यौन हिंसा, लुटपाट, अवैध–धन्दा चलाउने क्रियाकलाप भइरहेका छन्, यसलाई तुरुन्त रोक्नुपर्छ । सामान्य नागरिकलाई लुटपाट मच्चाउने हाकाहाकी छुट कसैलाई दिनुहुँदैन । अफलाइन सेवाका नाममा कुनै धन्दाले प्र श्रय पाउनुहुँदैन । कैयौं विदेशी पर्यटक यस्तै साधनबाट लुटिएका छन्, कतिले ज्यान गुमाएर सामान्य क्षतिपूर्तिसमेत पाएका छैनन् । सरकारले यात्रुको सुरक्षाको विषयमा खेलवाड गर्नुहुँदैन, नियमनको कानुन तर्जुमा गर्नुपर्छ । राज्यको नियमभन्दा बाहिर रहेर व्यवसाय चलाउने छुटले अपराध त बढाउँछ नै, यात्रुहरू निकै असुरक्षित हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.