नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायताबारे ट्रम्प आक्रोशित, भने- यो ठगी हो


काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायतालाई ठगी भएको बताएका हुन्।

उनले नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्। 'नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको छ। यो सरासर ठगी हो,' उनले भने। उनले नेपाललाई १९ मिलियन अमेरिकी डलर जैविक विविधता संरक्षणका लागि पनि दिइएको बताएका छन्।

अहिले यी दुवै सहायतालाई ट्रम्प प्रशासनले रद्द गरेको छ। उनका सहयोगी एलन मस्कले यी दुवै सहायता रद्द गर्न ह्वाइट हाउस प्रशासनलाई सुझाव दिएका थिए। सोही सुझावअनुसार ट्रम्प प्रशासनले गत १६ फेब्रुअरीमा यी दुवै सहायतालाई रद्द गर्ने निर्णय गरेको थियो।

यसअघि नेपाललाई धर्म निरपेक्षताका नाममा दिइएको सहायतालाई पनि विश्व स्तरबाट आलोचना भएको थियो। राष्ट्रपति ट्रम्पले सपथ लिएसँगै वैदेशिक अनुदान ९० दिनका लागि निलम्बन गरेको छ। उक्त निलम्बनसँगै नेपालमा सञ्चालित परियोजनाहरू पनि स्थगित भएका छन्।

नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। 'अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित 'एमसीसी फन्ड'बाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,' अर्थ मन्त्रालयले भनेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.