बढ्दो मधुमेहको जोखिम : रोकथामका उपाय खोजौं

बढ्दो मधुमेहको जोखिम : रोकथामका उपाय खोजौं
सांकेतिक तस्बिर
सुन्नुहोस्

आधुनिकताका नाममा जसरी मानिसहरूको जीवनशैली र खानपानमा परिवर्तन आएको छ, त्यसले अनेकथरी रोगसँग पनि सामना गर्नु परिरहेको छ। त्यसैमध्येको एक हो, मधुमेह। चलनचल्तीमा चिनीरोग भनेर पनि चिनिने यो रोगले कुनै खास उमेर समूहलाई मात्रै सताएको छैन, सबैथरी उमेरसमूहलाई ग्रस्त पारेको छ। त्यसो त मधुमेह हाल विश्वव्यापी रूपमा तीव्र रूपमा फैलिरहेको एक गम्भीर स्वास्थ्य समस्या हो।

नेपालमा पनि पछिल्ला वर्षहरूमा मधुमेहका बिरामीहरूको संख्या निरन्तर रूपमा बढ्दै गएको देखिन्छ। खानपान, शारीरिक सक्रियताको कमी, मानसिक तनाव, मोटोपनजस्ता कारणहरूले गर्दा मधुमेहको जोखिम झन् बढ्दो छ। यसलाई रोकथाम गर्ने प्रभावकारी उपायहरू अपनाइएन भने नेपालीहरूको स्वास्थ्य ठूलो जोखिममा पर्छ। बेलैमा रोकथाम जरुरी छ। 

रगतमा चिनीको मात्रा असन्तुलित हुने रोग हो मधुमेह। इन्सुलिन उत्पादन शरीरमा हुन नसक्दा मधुमेहले गाँज्छ। प्यांक्रियाज ग्रन्थीले उत्पादन गर्नुपर्ने इन्सुलिन हो भन्ने चिकित्सा विज्ञानले पत्ता लगाएको छ, तर किन उत्पादन गरेन भनेर पत्ता लगाउन सकेको छैन। त्यसैले मधुमेह निको पार्ने औषधि छैन। इन्सुलिन उत्पादन कम भएपछि वा रोकिएपछि रगतमा ग्लुकोजको मात्रा अस्वाभाविक रूपमा बढ्छ, र मधुमेह हुन्छ। मधुमेहले शरीरका सबैजसो अंगप्रत्यंगमा प्रहार गर्छ, आँखाको दृष्टिसम्म पनि गुम्न जान्छ। मुटु, मिर्गैेला र स्नायु प्रणालीसमेतलाई कमजोर बनाउँछ। 

बालबालिका वा किशोरावस्थामा मधुमेह देखियो भने जीवनभर इन्सुलिन लिनुपर्छ। वंशाणुगत कारणले वा शरीरको प्रतिरक्षा प्रणालीले इन्सुलिन उत्पादन गर्ने कोषहरूलाई नष्ट गरेपछि हुन सक्छ। वयस्कमा शरीरले पर्याप्त इन्सुलिन उत्पादन नहुने अवस्थाको सिर्जना चाहिँ जीवनशैलीका कारण हुन्छ। पर्याप्त     श्रम वा व्यायाम नगर्ने र तयारी खानेकुरा धेरै खाने अनि असन्तुलित भोजन गर्ने गर्दा मधुमेह हुन्छ। तसर्थ सबैले सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुपर्छ। त्यसपछि मात्रै राज्यले गर्न सक्छ अरू काम।

मधुमेह रोकथामको सचेतना र आवश्यक उपचार पनि राज्यका तर्फबाट हुन सक्छ। फेरि पनि पहिलो सचेतना व्यक्तिव्यक्ति आफैंमा हुन जरुरी छ। तबमात्रै यसको जोखिमबाट बच्न सकिन्छ। सचेतना नभएकैले हो आज नेपालमा १५ प्रतिशत वयस्क मधुमेहबाट ग्रस्त छन्। मधुमेह पहिचान हुनुअघि नै मुटु, मिर्गाैला, आँखा र स्नायु प्रणालीको समस्यामा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.