आर्थिक अपराधमा मुछिँदा खोसियो इन्सपेक्टर शाहीको जिम्मेवारी

आर्थिक अपराधमा मुछिँदा खोसियो इन्सपेक्टर शाहीको जिम्मेवारी
सांकेतिक तस्बिर।

काठमाडौं : प्रहरी प्रभाग भैंसेपाटीकी प्रमुख हुन्, इन्सपेक्टर विनुकुमारी शाही। बिहीबारदेखि लागू हुने गरी उनको जिम्मेवारी खोसिएको छ। उनले बलात्कार मुद्दामा फसाइदिने भन्दै आर्थिक चलखेल गरेर एक व्यक्तिबाट ३० लाख रुपैयाँ लिएको आरोप छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले उनीविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि जिम्मेवारमुक्त गरिएको बताएकी छन्। घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन भएको छ। समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ। 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता विनोद घिमिरेका अनुसार जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भएको हो। प्रवक्ता घिमिरे भन्छन्, ‘शाहीले आर्थिक लाभ लिने उद्देश्यले सेवाग्राहीसँग रकम लेनदेन गरेको उजुरी परेको छ। यस घटनामा संलग्न २ जना जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले इन्सपेक्टर शाहीविरुद्ध अनुसन्धान गर्नका लागि जिम्मेवारीमुक्त गर्न सिफारिस गरेको बताए। उनी भन्छन्, ‘कुनै पनि प्रहरी कर्मचारीको नाम जोडिएर उजुरी आइसकेपछि उक्त घटनाको अनुसन्धान पूरा नहुँदासम्म उक्त व्यक्तिलाई जिम्मेवारीमा राख्न व्यावहारिक हुँदैन। प्रहरी नियमावलीअनुसार नै उनलाई जिम्मेवारविहीन बनाउन सिफारिस गरेका हौं।’  

घटना के भएको थियो ? 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार इन्सपेक्टर शाहीले विराटनगरका एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको आरोप छ। बलात्कारको उजुरी दिने युवतीसँगको मिलेमतोमा इन्सपेक्टर शाहीले आर्थिक हिनामिना गरेको अनुमान छ। व्यापारीलाई शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी बलात्कार मुद्दामा फसाउने धम्की दिएर पैसा असुल गरिएको  थियो। बलात्कार मुद्दामा फस्ने डरले व्यापारीले ती युवतीको साथीका नाममा २० लाख नगद जम्मा गरेको र १० लाखको चेक दिएको बुझिएको छ। युवतीले सुरुमा ६० लाखको माग गरेकी थिइन्। व्यापारीको गाडीसमेत प्रहरी प्रभागमा तानेर छाड्ने बेलामा थप डेढ लाख रूपैयाँ लिएको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.