नुवाकोटमा कांग्रेसले सुरु गर्‍यो एकसय दिने अभियान

नुवाकोटमा कांग्रेसले सुरु गर्‍यो एकसय दिने अभियान

नुवाकोट : नुवाकोटमा कांग्रेसको एकसय दिने अभियान सुरु भएको छ। सत्तारूढ दल कांग्रेसको सो विशेष अभियान नुवाकोटमा शुक्रबारदेखि सुरु भएको हो।

नेपाली कांग्रेस नुवाकोटको विपि स्मृति भवनमा एकसय दिने अभियानको शुभारम्भ गरिएको हो। कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि राजेन्द्रकुमार केसीले अभियानको शुभारम्भ गरे। 

अबको निर्वाचनमा पार्टीलाई पहिलो ठूलो दल बनाउने लक्ष्यसहित कांग्रेसले अभियान सुरु गरेको उनले बताए। उनले पहिलो दिन पार्टीका जिल्लास्तरीय नेताहरूकाबीच अभिमुखीकरण कार्यक्रम गरेका छन्।

नेता केसीले अभियानको उद्देश्य र स्थानीय तहका प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारीबारे जानकारी गराएका छन्। कांग्रेसको इतिहास लामो भएका कारण यसको लक्ष्य र उद्देश्यप्रति कसैले पनि शंका नगर्न केसीले आग्रह गरे। 

सय दिने अभियानमा सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गरिने कांग्रेस सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले जानकारी दिए। क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरणको समेत अभियानमा समेटिएको उनले जानकारी दिए। 

अभियान पुस १६ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाका प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने योजना रहेको छ। प्रतिनिधिले सम्मेलन हुन नसकेका स्थानको सम्मेलनको सुनिश्चित गर्नुपर्नेछ।  प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्नेछ। 

विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउने अभियानमा उद्देश्य रहेको छ। केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरणसहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.