मुटु जोगाऊँ

मुटु जोगाऊँ
सांकेतिक तस्बिर

मुटु नजोगाई जीवन स्वस्थ्य हुँदैन, तसर्थ मुटु जोगाउनुपर्छ । स्वस्थ नागरिक नै देशका सम्पत्ति हुन् ।

नेपालको जनसंख्याका एक तिहाई अर्थात् १ करोडजनामा कुनै न कुनै रूपमा मुटुरोग छ भन्ने तथ्यांक आफैंमा डरलाग्दो हो । मुटुरोग विशेषज्ञहरू र स्वास्थ्य निकायहरूले त्यसै भन्छन् ।

पछिल्लो २० वर्षमा मुलुकमा मुटुरोगी ५ गुनाले बढेका छन् । यो तीब्रतर रूपमा भइरहेको वृद्धिले ठूलो संख्याका नेपालीलाई रोगी बनारहेको देखाउँछ । मुटुरोग सामान्य होइन, घातक हो, जसको उपचार साधारण नेपालको गच्छेले भ्याउँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि २ करोड ५ लाख मानिसले विश्वभर मुटुरोगकै कारण ज्यान गुमाउँछन् । नेपाल जस्ता गरिब मुलुकमा मुटुरोगी धेरै बढिरहेका छन् । र, २०३० सम्म बर्सेनि मुटुरोगकै कारण मृत्युवरण गर्नेहरू २ करोड ५० लाख पुग्ने अनुमान छ । यो नेपाल र नेपालजस्तै गरिब मुलुकहरूको ठूलो चुनौती बनेको छ ।

मुटुरोगी बढ्नुको प्रमुख कारण जीवनशैली र खानपान हो । चिकित्सकहरूका अनुसार ९० प्रतिशत नेपालीले मुटुरोग नहुने खानपान गर्दैनन् । जे खान्छन् र जस्तो जीवनशैली बिताइरहेका छन्, त्यसैले बनाइरहेको छ, मुटुरोगी । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप रहेको नेपाल एनसीडी एलायन्सले जनाएको छ । २५ प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशत मधुमेह रोगी छन् । खानपानमा जंकफुट अर्थात् पत्रु खानाको चलन बढिरहेको छ । धूमपान, मद्यपान गर्ने बढेका छन् । चिल्लो र बोसोयुक्त खाना खानु पनि मुटुरोग निम्त्याउने अर्काे मुख्य कारण हो ।

सरकारले १५ वर्षभन्दा मुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुरोग उपचार निःशुल्क गर्छ । उपचारका विभिन्न प्रविधि पनि भित्रिएका छन् । अरू उमेर समूहमा पनि १ लाख रुपैयाँको उपचारमा सरकारी सहयोग नै पाइन्छ । तर राज्यले उपचारमा भन्दा रोग नलाग्नेतिर ध्यान बढाउन जरुरी छ । 

नागरिकले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै खानपान र जीवनशैलीमा व्यापक सुधार गर्नुपर्छ । सबैभन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्नु सबै नागरिकको कर्तव्य हो । त्यसमा राज्यले सचेत तुल्याउने र स्वच्छ खानपानको वातावरण तयार गर्न दायित्व निर्वाह गर्नुपर्छ नै । खानाको स्वच्छता र मापदण्डमा राज्यको नियमन अत्यन्त कडा हुनुपर्छ । तर, हाम्रो देशमा ठूलो हेलचक्र्याइँ गरिएको छ । त्यसैले नागरिक रोगी भएका छन् । मुटु नजोगाई जीवन स्वस्थ्य हुँदैन, तसर्थ मुटु जोगाउनुपर्छ । स्वस्थ नागरिक नै देशका सम्पत्ति हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.