दोस्रो भद्रपुर खुला म्याराथन हुँदै

दोस्रो भद्रपुर खुला म्याराथन हुँदै

झापा : दोस्रो भद्रपुर रन (खुला म्याराथन) प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ। ६ वर्षअघि पहिलो पटक भद्रपुर रनको आयोजना गरेको ८ नम्बर वडा कार्यालयले यसवर्ष दसैंको अवसरमा यही असोज १७ गते घटस्थापनामा गर्न लागेको आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमार्फत नै आयोजक समितिले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि जर्सी समेत सार्वजनिक गरेको छ। भद्रपुर रन व्यवस्थापन समितिले यसवर्ष भद्रपुरभन्दा बाहिरका खेलाडीलाई पुरस्कार नदिने व्यवस्था मिलाएको समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए।

भद्रपुर प्रतियोगितामा जो सुकैले भाग लिए पनि पदक तथा पुरस्कार जित्न भद्रपुरका बासिन्दा हुनु पर्ने र त्यसको लागि प्रमाण पेश गर्नुपर्ने उनको भनाइ छ। प्रतियोगितामा महिलातर्फ ६.१ किलोमिटर र पुरुषतर्फ ८.८ किलोमिटर रुट तय गरिएको छ। 

सगरमाथा चौकबाट सुरु हुने दौड क्याम्पस मोड हुँदै रजत जयन्ती चोक, जिल्ला कारागार, घोडामारा, जनता चोक, संगम चोक भएर सगरमाथा चोकमा आएर समापन हुने छ। 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पुरस्कारको व्यवस्था मिलाइएको छ। प्रथम हुनेले नगद ३१ हजार, दोस्रोले २१ हजार, तेस्रोले ११ हजार, चौथोले ५ हजार पाँचौंले २ हजार र छैटौँदेखि १० औंसम्मले नगद एक हजार पुरस्कार पाउने भएका छन्। 

प्रतियोगिता भएको दिन प्रथमदेखि चौथोसम्म स्थान प्राप्त गर्ने खेलाडीले डमी चेक प्राप्त गर्ने छन्। प्रमाण पेश गर्नेले सोही दिन वा प्रमाण पेश नगर्नेले तीन दिन भित्रमा प्रमाण पेश गर्नुपर्ने उनले बताए। प्रथम पटक २०७६ सालमा भद्रपुर रनको आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब भने हरेक वर्ष घटस्थापनाकै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको उनको भनाइ छ। 

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ भने खर्चको श्रोत विभिन्न दाताबाट सङ्कलन गरिएको जनाइएको छ। प्रतियोगितामा करिब एक हजार विद्यार्थी सहभागी हुनेछ। उनीहरूलाई दर्ता शुल्क लाग्दैन। 

१३ वर्षमाथिका करिब दुई हजार बढी प्रतियोगी सहभागी हुने अनुमान गरिएको समितिका प्रेस संयोजक गोपाल गिरीले बताए। प्रतियोगीको दर्ताका लागि ज्ञानचोक, झापाचोक, सगरमाथा चोक र मेची रंगशालामा नाम दर्ता केन्द्र स्थापना गरिएको उनको भनाई छ। साथै आयोजक समितिले मिडिया कप फुटबलका लागि भद्रपुर प्रेस क्लब भद्रपुरलाई सौजन्य स्वरूप जर्सी पनि प्रदान गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.