बागमती प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

हेटौंडा : बागमती प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रति मृतक दुई लाख रुपैयाँ राहत दिने भएको छ। 

आज बसेको प्रदेश स्तरीय सर्वदलीय बैठकले उक्त निर्णय गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। 

उनका अनुसार बाढी पहिरोबाट घरबारबिहीन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय भएको छ। प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पहलमा सर्वदलीय बैठक बसेको हो। 

मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिहरू उपस्थित थिए। 

प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको कार्यकारणी बैठकले करिब तीन करोड रुपैयाँ बाढी पहिरो प्रभावितलाई राहत वितरणका लागि सहयोग गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.