एमालेको निर्देशन : पार्टीको काम रोकेर राहत, उद्धार र पुनर्स्थापनामा खट्नु र क्षतिको विवरण संकलन गर्नू

एमालेको निर्देशन : पार्टीको काम रोकेर राहत, उद्धार र पुनर्स्थापनामा खट्नु र क्षतिको विवरण संकलन गर्नू

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित काम रोकेर राहत र उद्धारमा पार्टीका नेतालाई खटिन निर्देशन दिएका छन्। मंगलबार बसेको एमाले सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन नेता-कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए।

महासचिव पोखरेलले लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सरकारलाई सुझाव दिएको बताए। ‘बाढी तथा पहिरोमा परेर मृत्यु भाकाहरूको परिवार र घाइतेहरूको अभिभावकको रुपमा राज्य प्रस्तुत हुनुपर्छ।’ उनले भने, ‘ राजधानी जोड्ने लाइफ लाइनका सडक अवरुद्ध छन्, चाडपर्व नजिकिएको छ, अधिकांश ठाउँमा पुल बगाएको छ, लामो गन्तव्यमा यात्रु पुग्नुपर्ने छ। यसमा सरकारको विशेष जोड हुनुपर्दछ।’

उनले किसानले लगाएको बालीमा समेत क्षति भएकाले त्यस्ता नागरिकको पक्षमा पनि राज्य छ भन्ने आभास दिलाउनुपर्ने बताए। उनले क्षतिको विवरण संकलन गरेर पीडितलाई उचित राहत दिनुपर्ने बताए।

बैठकमा प्रधानमन्त्री ओलीले वर्षापछिको बाढीपहिरो र डुबानपछि उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको जानकारी गराए।

उनले एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने जानकारी दिए। यसैगरी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको पोखरेलले बताए।

यसैबीच एमालेले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.