झापाका पाँच पालिकामा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’

झापाका पाँच पालिकामा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’

झापा : बालबालिकामा बढ्दो आपराधिक क्रियाकलापलाई न्यूनीकरणसँगै रोकथाम गर्ने उद्देश्य राखेर नेपाल प्रहरीले ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’ लागू गरेको छ।

सोही अनुरूप जिल्ला प्रहरी कार्यालय झापाले सदरमुकाम भद्रपुरस्थित पाँचवटा पालिकामा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक लागू गराउन त्रिपक्षीय सम्झौता गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरेको हो। यसअघि मेचीनगर नगरपालिका, कन्काई नगरपालिका र हल्दिबारी गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरी विद्यालयहरूमा पठनपाठन समेत सुचारु भइसकेको जनाएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको संस्थागत साझेदारीलाई निरन्तरता दिई विद्यालय सम्पर्क कार्यक्रमलाई व्यवस्थित गराउनुका साथै बालबालिकाहरूमा अपराध, अपराधको रोकथाम, सामाजिक विकृति विसंगति, लागूऔषध, प्रविधिको प्रयोगबाट बढ्दै गइरहेको विभिन्न अपराधहरू र कानुनी प्रावधान सम्बन्धमा जानकारी गराई अपराधविरुद्ध सचेतना अभिवृद्धि गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नु यो कार्यक्रमको मुख्य लक्ष्य रहेको प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

जिल्लाका १५ पालिकामध्ये पाँच पालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको र अन्य पालिकाहरूमा पनि बिस्तारै सम्झौता गरिँदै लैजाने एसपी केसीले बताए। पछिल्लो समयमा प्रविधिको प्रयोगसँगै बालबालिकामा साइबर क्राइम लगायतका अपराधहरू बढिरहेको छ। यो पुस्तक विद्यालयमा लागू भएपश्चात् त्यस्ता अपराधमा कमी आउने विश्वास संगठन लिएको उनले बताए। सो ६४ पृष्ठको सो पुस्तकमा २४ वटा विषय वस्तु राखिएको छ।

विषय सूचीहरूमा अपराध, लागू औषध दुर्व्यसनी, धूम्रपान र मध्यपान, साइबर अपराध, बालबालिकाविरुद्ध हुने अपराधहरू, सामाजिक अपराधहरू, घरेलु हिंसा र उजुरी सम्बन्धी व्यवस्था, करणी सम्बन्धी कसुर, लैंगिक हिंसा, लैंगिक तथा यौनिक अल्पसंख्यक, एकद्वार संकट व्यवस्थापन केन्द्रको कार्यात्मक सञ्जाल, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रमहरू र सामाजिक सद्भाव एवं सम्मान रहेको छ।

त्यस्तै जुवा तास तथा सट्टाबाजी, आत्महत्या, चोरी र चोरीबाट बच्ने उपाय, घटनास्थल सुरक्षा, ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनीकरणका उपाय, शीत लहर र सोको जोखिमबाट बच्ने उपाय, सर्पको टोकाई र सुरक्षात्मक उपाय, आपराधिक अभिलेख प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र, आत्म रक्षा र तनाव व्यवस्थापन रहेको छ।

भद्रपुर नगरपालिकासँग भएको त्रिपक्षीय सम्झौता पत्रमा प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, भद्रपुर माविका प्रधानाध्यापक हेम गुरुङ, शिक्षा शाखाका योगेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्, भने रोहबरमा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा नगर प्रमुख पोखरेलले स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तकलाई छिट्टै नगरका सम्पूर्ण विद्यालयमा लागू गरिने बताए। अपराधरहित, सुरक्षित, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि बालबालिकालाई यस्ता प्रकारका शिक्षा दिनु आवश्यकता रहेको उनको भनाइ छ।

बालमैत्री नगरमा बालबालिकाको कानुनी अधिकार, सुरक्षा, न्याय र समाज निर्माणमा यो कार्यक्रम आवश्यक रहेको नगर उपप्रमुख राधा कार्कीले बताइन्। प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका योगेन्द्र पौडेलले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.