सरकारसँग रामेछापका राजनीतिक दलको माग : खुर्कोटमा यथाशीघ्र बेलिब्रिज निर्माण गरौं

सरकारसँग रामेछापका राजनीतिक दलको माग : खुर्कोटमा यथाशीघ्र बेलिब्रिज निर्माण गरौं

काठमाडौं : रामेछापका राजनीतिक दलहरूले खुर्कोटको मोटेरेवल पुल बाढीले बगाएपछि तत्काल बेलिब्रिज निर्माण गर्न सरकारसँग माग गरेका छन्। 

चाडपर्व नजिक रहेकाले सडक अवरुद्ध हुँदा खाद्यान्न र पेट्रोलियम पदार्थलगायत सामाग्री नियमित ढुवानीमा असहज भएको भन्दै एमाले, कांग्रेस र माओवादीले आज एक विज्ञप्ति जारी गर्दै सरकार र सरोकार पक्षलाई बेलिब्रिज र सडक निर्माण गर्न ध्यानाकर्षण गराएका हुन्।

nullगत शनिबार खुर्कोट पुलको दुईवटा स्पानमध्ये रामेछापतर्फको एउटा स्पान बगाएको छ। यस अगाडि पनि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र पौडेलसँग दशैं अगाडि नै बीपी राजमार्ग निर्माण र पुल सञ्चालन गर्न आग्रह गरेका थिए।

भारी वर्षाका कारण तामाकोशी र सुनकोशी नदीमा आएको बाढीले खुर्कोट-मन्थली पुल र नेपालथोक- खैरेनीघाट पुल, दोलखा किर्नेटारको सडक, बि.पी राजमार्ग अर्न्तगत नेपालथोक-भकुण्डेबेशी सडक पूर्णरुपमा भत्किएकोले गर्दा काठमाडौं र तराईसँगको सडक सञ्जाल पूर्ण रुपमा विच्छेद भएको छ । पुल र सडक बगाएपछि रामेछाप र ओखलढुंगाका यात्रु समस्यामा परेका छन्। 

विज्ञप्तिमा कांग्रेसका कार्यवाहक सभापति लेखबहादुर कार्की, एमालेका अध्यक्ष पुरुषोत्तम कडेरिया, माओवादी केन्द्रका नेता हेमन्त पौडेल (निकास)ले हस्ताक्षर गरेका छन्। ‘सिन्धुली - सित्खा-गोगनपानी- पकरबास सडक पहिलो प्राथमिकतामा राखी तराईतर्फको यातायात सुचारु गर्न, खाद्यान्न र पेट्रोलियम पदार्थलगायत सामाग्री नियमित ढुवानीमा सहज बनाउन नेपाल सरकार र विभिन्न सरोकार पक्षहरुको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ,‘खिम्ती-देवीटार सडक अर्न्तगत किर्नेटारको सडक पूर्णरुपमा क्षति भई आवतजावतमा पूर्ण रुपमा अवरोध भएकाले किर्नेटार खण्डमा वैकल्पिक सडक खुलाउने निर्णय गरिएकोले असोज १६ गते बेलुकासम्म मन्थली - चरिकोट- काठमाडौं यातायात सुचारु हुन सक्ने सबैमा जानकारी गराउँदै थप समन्वय र सहजिकरणका लागि हार्दिक अपिल गर्दछौं ।’ 
 

यो पनि पढ्नुहोस

यसैगरी मन्थली- काठमाडौं, काठमाडौं - मन्थली हवाईसेवा नियमित संचालन गरि बिरामी, जेष्ठ नागरिक, अपांग, पर्यटन, नागरिकहरुलाई सुलभ र सहज सेवा प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गरिएको छ।

उनीहरुले जिल्लाभरी भएका भौतिक पूर्वाधार क्षति, खानेपानी, विद्युत्, सिँचाई, संचार, निजी निवासहरु लगायत संरचनाहरुको तथ्यांक संकलन गरि सेवा प्रवाह सुचारु गर्न, पुननिर्माण कार्य तुरुन्त प्रारम्भ गर्न र राहत तथा क्षतिपूर्ति प्रदान गर्न संघिय प्रदेश र स्थानिय सरकारसँग माग गरेका छन्।

पहिरोमा परेर रामेछापमा रामेछाप-६ कि धनमाया मगर, खाँडादेवी गाउँपालिका- ३ कि अन्जु बस्नेतमाझीको मृत्यु भएको थियो। null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.