झापामा १२६० प्रहरी तैनाथ

झापामा १२६० प्रहरी तैनाथ

झापा : सीमावर्ती झापा जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। नजिकिँदै गरेको बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी झापा प्रहरीले असोज १० गतेदेखि जिल्लामा सुरक्षा योजना लागू गरेको हो। 

कात्तिक २९ गतेसम्म लागू भएको सुरक्षा योजनामा जिल्लाभर एक हजार २६० प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। 

चाडपर्वका बेला विभिन्न किसिमका आपराधिक घटनाहरूलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकहरूले भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका यो योजना लागू गरिएको एसपी केसीको भनाइ छ। 

प्रहरीले धार्मिक स्थल तथा मेला पर्व स्थलहरूको सुरक्षा, बैंक तथा वित्तीय संस्था, सुन चाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा, राजमार्ग स्कर्टिङ, बजार/ड्युटी अनुगमन, रात्रिकालीन चेकिङ, नागरिक सहायता कक्ष/यात्रु सहायता कक्ष, कर्डन एन्ड सर्च, एम्बुसिङ, तत्काल परिचालन हुन आकस्मिक सभा जुलुस, धर्नालगायतको कार्यक्रम माइकिङ र सीमा नाकाहरूमा चोरी तस्करी नियन्त्रणमा विशेष निगरानी बढाउने उनले बताए।

चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी जस्ता कार्यहरूलाई निरुत्साहित गर्न स्थानीय प्रशासन समेतको सहयोगमा बजार अनुगमनको व्यवस्था मिलाई अत्यावश्यक चिज वस्तु एवं सेवाको निर्वाध सञ्चालन एवं प्राप्तिलाई सुनिश्चित गर्ने, सार्वजनिक यातायातको साधनहरूको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाई दुर्घटना न्यूनीकरण गर्नु र सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरू ठगिन नदिनु, राजमार्ग तथा सहायक राजमार्गलाई २४सै घण्टा सुचारु गराउने, बारुदजन्य पटाका आयात, प्रयोग, बिक्री-वितरण र ओसारपसार पूर्णरुपमा नियन्त्रण गर्ने, अवैध तथा मिसावटयुक्त मदिरा उत्पादन/बिक्री वितरण तथा सेवन नियन्त्रण गर्नु, होटेल रेस्टुरेन्ट व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यकता अनुसार खोल्ने र बन्द गर्ने समय सीमा तोक्ने, मासु बिक्री वितरण हुने स्थानहरूको सुरक्षा र अनुगमन गर्ने, तिहारमा देउसी–भैलोको समयमा हुन सक्ने झैं-झगडा-आगलागी र सम्भावित अन्य विवादको रोकथाम गर्ने र मनोरञ्जनको नाममा खेल्न सक्ने जुवातास, डायस (लङ्गुर बुर्जा) र अन्य जुवाजन्य खेलहरूलाई पुर्णतयाः नियन्त्रण गर्न चौबिसै घण्टा प्रहरी तैनाथ गरिएको उनको भनाइ छ। 

चाडपर्वका बेला गाउँघरमा कुनै आपराधीक घटना भए तुरुन्त प्रहरीलाई खबर गर्न आम झापाबासीलाई उनले आग्रह पनि  गरेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.