मेची राजमार्ग अझै अवरुद्ध, रमितेको पहिरो पन्छाउन सकस

मेची राजमार्ग अझै अवरुद्ध, रमितेको पहिरो पन्छाउन सकस
मेची राजमार्गस्थित रमितेको खसेको पहिरो । तस्बिर : भीमकुमार बाँस्कोटा

फिदिम : पूर्वी पहाडको लाइफ लाइनको रुपमा रहेको मेची राजमार्ग अझै अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका- २ रमितेमा खसेको पहिरो पन्छाउन सकस हुँदा पाँच दिन यता राजमार्ग अवरुद्ध  छ। अविरल वर्षापछि असोज १२ गते रातिको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । 

चाडबाडको मुखमा लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङको जनजीवन नराम्ररी प्रभावित भएको छ । पहिरोले सडक छिनाएको र माथिबाट लेदो खस्ने क्रम जारी भएकाले समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । 

‘राजमार्गको पहिरो पन्छाएर यातायात सुचारु गराउन हामी निरन्तर लागिरहेका छौँ,’भट्टराईले भने, ‘रमितेको पहिरोमा ठूलो समस्या भएकाले समय लागेको हो ।’ यसअघि भित्तो कोट्याएर रोकीएका केही सवारी साधानहरु वारपार गराइएको थियो । 

सडक सुचारु गरेको केही घण्टामै फेरी पहिरो खसेपछि यातायात ठप्प भएको छ । भिरालो जमिन चिराचिरा परेकाले लेदोसहितको पहिरो खस्ने क्रम नरोकिएको हो । मौसमले साथ दिए शुक्रबार बेलुकासम्ममा अवरोध हटाउन सकिने भट्टराईको भनाइ छ ।

‘अहिले ग्राभेल हाल्ने काम गरिरहेका छौँ,’भट्टराईले भने, ‘भित्तो बगेर आउने र सडक भासिने समस्या देखिएको छ । त्यो समस्या समाधान गर्न केही समय लाग्छ ।’ अरुतिरको पहिरो पन्छाइसकेको र रमितेको समस्या समाधान हुने वित्तिकै यातायात सञ्चालन गर्न सकिने भएको छ । 

लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा पाँचथरको फिदिम नगरपालिका सहित, फालेलुङ, हिलिहाङ, याङवरक गाँउपालिका र सिङ्गो ताप्लेजुङको जनजीवन प्रभावित भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.