हेवा खोलामा बाढीले पुल बगाएको पाँच दिनमा बल्ल बन्यो फड्के

हेवा खोलामा बाढीले पुल बगाएको पाँच दिनमा बल्ल बन्यो फड्के
हेवा खोलामा फड्के निर्माण गरिरहेका नेपाली सेना र प्रहरी। तस्बिर : भीमकुमार बाँस्कोटा

फिदिम: मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका -४ र हिलिहाङ गाउँपालिका- ७ को सिमानामा बग्ने  हेवा खोलामा फड्के निर्माण गरिएको छ । बाढीले बेलीबृज बगाएको पाँच दिनमा बल्ल फड्के निर्माण सम्पन्न गरिएको हो ।  

फड्के निर्माण भएपछि शुक्रबार बिहानैदेखि पैदल यात्री र मोटरसाइकलहरू आवतजावत गर्न थालेका छन् । नेपाली सेनाको रणशेर दल गणसहित सशस्त्र प्रहरी,जनपथ प्रहरी,नगर प्रहरी र स्थानीय युवाहरूले फड्के निर्माण गरेका हुन् । 

बेलीबृज बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको थियो । मेची राजमार्ग हुँदै पाँचथरको हिलिहाङ गाउँपालिका,याङवरक गाउँपालिका र ताप्लेजुङसम्मको यातायात प्रभावित भएको थियो । फड्के निर्माण भएपछि मोटरसाइकल चालक र पैदल यात्रीलाई केही सहज भएको छ । 

झोलुङ्गे पुलमा प्रयोग गरिने लठ्ठाको प्रयोग गरे फड्के निर्माण गरिएकाले मोटरसाइकल सहज रुपमा तार्न मिल्ने नेपाली सेनाको रणशेर दल गणका गणपति निरज प्रताप जवराले बताए । ‘फड्केबाट मोटरसाइकल तार्न कुनै समस्या हुँदैन,’जबराले भने, ‘ढुक्कले वारपार गर्न मिल्ने गरि फड्के बनाइएको छ ।’

मेची राजमार्गहुँदै यो सिजनमा ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शका लागि दैनिक सयौं मानिसले यात्रा गर्छन् । पुल बगेर यातायात प्रभावित भएपछि यस क्षेत्रको धार्मिक पर्यटनमा समेत नराम्ररी असर पुगेको छ । गत वर्षको असार २ गतेको बाढीले हेवा खोलाको पक्की पुल बगाएपछि बेलीबृज बनाइएको थियो । 

एक वर्षको अवधिमा बेली बृज पनि बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.