हुम्ला जिप दुर्घटना : मृतकको पहिचान खुल्यो
हुम्ला : हुम्लामा शनिबार दिउँसो जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। लु११ च २३४३ नम्बरको बोलोरो जिप दुर्घटना हुँदा बाँकेका ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ४ वर्षीय अभिषेक बुढाको मृत्यु भएको हो।
खार्पुनाथ गाउँपालिकाबाट नेपालगन्ज तर्फ जाँदै गरेको बोलोरो जिप पैमा पिलाघारा भन्ने स्थानमा दुर्घटना भएको हो।
हुम्लाबाट नेपालगन्ज जाँदै गरेको जिपमा ७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक सुरेश सुवेदीले बताए। ताजाँकोटको छपेलाबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए।