नेप्से परिसूचक ५६ अंकले बढ्यो, ६ अर्ब माथिको सेयर कारोबार

नेप्से परिसूचक ५६ अंकले बढ्यो, ६ अर्ब माथिको सेयर कारोबार

काठमाडौं : नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेको छ।

यसदिन ३०८ स्क्रिप्सको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँमा खरिदबिक्री भयो। उच्च अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी मध्य भोटेकोशी जलविद्युतको सेयर ९.७६ प्रतिशतले बढ्दा इस्टर्न हाइड्रोपावरको ९.६८,गुडविल,इस्टर्न हाइड्रोपावरको ९.६८,गुडविल फाइनान्सको ९.२७ र सिनर्जी पावर डेभलपमेन्टको ८.१४ प्रतिशतले बढ्यो।

विन नेपाल लघुविद्युत वित्तीय संस्थाका लगानीकर्ताले भने गुमााए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कुमारी सवल योजनाको सेयर ९.४३,एनआईसी एसिया सेलेक्ट फण्डको ६.७०,स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ५.३१ र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ४.४१ प्रतिशतले घट्यो।

कारोबार रकमका  आधारमा साहास ऊर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड  ८३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको  २५ करोड मूल्य बराबरको कारोबार हुँदा नेपाल फाइनान्स र गडविल फाइनान्सले १५/१५ करोड र 
एसियन लाइफ इन्स्योरेन्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका २१९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ६.३० प्रतिशत बढ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.