बाढीपहिरो पीडितका लागि कांग्रेसले गर्‍यो ५० लाख रुपैयाँ सहयोग, प्रधानमन्त्रीसमक्ष ३४ बुँदे सुझावपत्र

बाढीपहिरो पीडितका लागि कांग्रेसले गर्‍यो ५० लाख रुपैयाँ सहयोग, प्रधानमन्त्रीसमक्ष ३४ बुँदे सुझावपत्र
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। नेपाली सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिकसमेत गरी ५० लाख रुपैयाँको चेक दिएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरका हुन्। null

भेटमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए। उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने विश्वास दिलाए।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ। सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता सहभागी थिए। 

आजै एमालेले पनि बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

यो पनि पढ्नुहोस​​​​​​​

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.