बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा एमालेले दियो ५० लाख
![बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा एमालेले दियो ५० लाख](https://annapurnapost.prixacdn.net/media/albums/uml-kp-sharma-oli-Pm_xA2Xqa6D95_cjdolGKV7W.jpg)
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
![null](https://annapurnapost.prixacdn.net/media/albums/uml-and-pm_CcBz5pZcCa.jpg)
भेटमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारे।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)