भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ : भारतीय दूतावास

भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ : भारतीय दूतावास
फाइल तस्बिर

काठमाडौं : भारत सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने जानकारी दिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरू दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरेको छ। 'भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ,' विज्ञप्ति भनिएको छ।  

त्यस्तै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दूतावासले समवेदना प्रकट गरेको छ। केआइआइटीका अधिकारी, ओडीसा राज्य सरकार र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको दूतावासले जनाएको छ। 

दूतावासले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन आग्रहसमेत गरेको छ। उसले कक्षामा फर्किन र छात्रावासमा बस्न नेपाली विद्यार्थीहरूलाई अपील पनि गरेको छ। नेपाली विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको जिम्मेवारी लिन केआइआइटीलाई निर्देशन दिइएको दूतावासले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.