डिस्चार्ज भए अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुक पड्किँदा उनी घाइते भएका थिए। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराएका अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका हुन्।
अस्पतालका निर्देशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिए।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए। घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि दुवै जनालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जनाएको छ। तर, आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदय रोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार हुने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !