ओडीसा घटनामा नेपाली दूतावासले भन्यो- नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं

ओडीसा घटनामा नेपाली दूतावासले भन्यो- नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भारतस्थित नेपाली दूतावासले ओडीसा घटना सम्बन्धमा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयसँग छलफल भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गरेर नेपाली दूतावासले विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको छ। 

छलफलमा नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न र छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिको नेपाली दूतावासले जनाएको छ। 'उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो। यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले मृतक प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको जनाएको छ। 'सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ। यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ,' विज्ञप्तिमा भनिएको छ। 

दूतावासले केही समस्या भए दूतावासको इमेल [email protected] र हटलाइन न: +९१ ८९२९६०१९३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.