ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्। सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको बताइन्। 

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिइन्। मन्त्री देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको जानकारी दिइन्। 

सोही बमोजिम राजदूत डा शर्माले काम गरिरहेको र केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताइन्। त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको मन्त्री देउवाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.