स्थानीय तहलाई गृहमन्त्रीले भने : पूर्णरुपले घर क्षति भएका लाभग्राहीको नाम तत्कालै पठाउनु

स्थानीय तहलाई गृहमन्त्रीले भने : पूर्णरुपले घर क्षति भएका लाभग्राहीको नाम तत्कालै पठाउनु

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पूर्णरुपले घर क्षति भएका लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रह गरेका छन्। आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीन वटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

“एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस् ” गृहमन्त्री लेखकले भने ।

उनले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए। “ राजनीतिक दलहरु हिजो पनि विपद्मा एकजुट भएर सामाना गरेको इतिहास छ ।” उनले भने,“ अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ ।”

उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट सम्वभ नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पुर्‍याउन निर्देशन दिए।

ललितपुरमा विपद्मा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध भराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.