सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं : सिद्घार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नुपरेकाले प्रभावित क्षेत्रको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्धार र पुनःस्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ।