द वन्डरल्यान्डले बनायो अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क
काठमाडौं : काम व्यस्तता, पढाई र विभिन्न कारणबस मानिसहरूमा तनाव बढ्दो छ। सोही तनावग्रस्त जीवन र व्यस्त मेट्ने उद्देश्य लिई द वन्डरल्यान्डले अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क निर्माण गरेको छ। जसमा विभिन्न आकर्षणहरू जस्तै Go-karting विभिन्न प्रकारका VR Games हरू Out Door Rides हरु जसमा बालबालिकाहरूदेखि वृद्धासम्मले मनोरञ्जन लिन सक्नेछन्।
The Wonderland क्षेत्रभित्र मनोरञ्जन पार्कमात्र नभई खान पिउनका लागि विभिन्न Out Let हरुको पनि राम्रो सुविधा उपलब्ध गराइएको छ। मिति २०८१ साल असोज महिनाको १८ गते र १९ गतेका दिन यस The Wonderland मा दशैं फेस्तको कार्यक्रम आयोजना गरियो। जसमा विभिन्न स्थलहरू जस्तै Yeti Airlines, LOCO Chips, OM Jewelry, FQ Cinema, Annapurna Post, पानी पुरीको स्थाल, होनाचाको तर्फबाट नेवारी खाजाको स्थल, ज्वेलरी स्थलहरू, चङ्गाको स्थाल इत्यादि र विभिन्न प्रकारका प्रतियोगीताहरू जस्तै पानी पूरी प्रतियोगीता, मोमो प्रतियोगिताहरूको पनी अयोजना गरियो। सो कार्यक्रममा लाइभ म्युजिकको पनि राम्रो व्यवस्था थियो जस्का कारण मोहत्सवमा सहभागीहुने लाई मनोरञ्जन गराइरहेको थियो। सो दसैं फेस्टिभल भव्यरूपमा सुसम्पन्न गरियो।