मधेसका गाउँमा दूर्गा पूजाको रौनक (फोटो फिचर)
काठमाडौं : मधेसका गाउँ-गाउँमा दूर्गा पूजाको रौनक छ। मधेसबासीले दसैंमा दुर्गा माताको विशेष पूजाआराधना गर्छन्। मधेस प्रदेशका प्रशिद्ध शक्तिजीहरूमा भक्तजनको भीड लागेको छ। नवरात्र सुरु भएसँगै सप्तरीको छिन्नमस्ता, कङ्कालिनी, धनुषाको राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाई लगायतलाई दुलहीझैं सजाइएको छ। जनकपुरधामको जानकी मन्दिर र राममन्दिर परिसरका शक्तिपीठहरू श्रद्धालु भक्तजनहरूको आकर्षणको केन्द्र बनेको छ।
महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानी र गौशालामा बिशेष दुर्गा पूजा लगाइएको छ। जलेश्वरका त्रिशुल मन्दिरमा पनि भक्तजनको भीड लागेको छ औरहीको सोनामाई मन्दिरमा भुक्त मेला लगेको छ। बर्दिबासको ऐतिहासिक पञ्चधुरा माई मन्दिरमा पनि पूजापाठ गर्नेहरुको भीड छ। उता बिरगंजको गहवामाई मन्दिरमा पनि भक्तजीहरूको भीड बढ्दै गएको छ।