झापामा फेरि सवारी दुर्घटना, एकको मृत्यु

झापामा फेरि सवारी दुर्घटना, एकको मृत्यु

झापा : झापामा फेरि सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। योसँगै दुर्घटनामा परी जिल्लामा एकै दिन चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमक नगरपालिका(२ ढुकुरपानीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सोही ठाउँका ७६ वर्षीय जयराम गुरागाईको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साँझ ५:५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ जाँदै गरेको प्रदेश १-०२-४१ प १७४७ नम्बरको मोटरसाइकलले साइकल यात्री  गुरागाईलाई ठक्कर दिएको थियो। घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। उनको आइतबार साँझ साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल र मोटरसाइकल चालक दमक नगरपालिका-६ का २७ वर्षीय किस्मत श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को२७प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बु र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको थियो।

त्यस्तै पूर्व(पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको  प्र-०११७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्रीलाई ठक्कर दिदाँ सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.