स्थानीय तह उपनिर्वाचनमा पुरुष प्रमुख/उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचनमा पुरुष प्रमुख/उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। 

यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो।

बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम उक्त निर्देशन जारी गरेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा दलहरूले उम्मेदवारको मनोनयन पत्र पेस गर्दा २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालेका पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नुपर्नेछ। 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा ४ को (१) अनुसार चुनावका लागि मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्य ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने प्रावधान छ। तर, दलहरूले यसअघिको स्थानीय तहका चुनावमा गठबन्धन गर्दा महिलाभन्दा पुरुष उम्मेदवार बढी उठाएका थिए। 

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्दैछ। त्यसका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.