झापाकाे केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार, आठ सुरक्षाकर्मी घाइते

झापाकाे केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार, आठ सुरक्षाकर्मी घाइते

झापा : हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।


त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नम्बरको न्यु सूर्योदय यातायात यात्रुवाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४/५ वटा झ्यालको सिसा फुटेको छ । जस कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । 


काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बू मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । उनीहरूको शव सडकमा राखिएको छ ।

मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो । बस र बस चालक शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.