भारतबाट ल्याइएको ६१ लाख बढी मूल्य पर्ने फूलका बिरुवा नष्ट

भारतबाट ल्याइएको ६१ लाख बढी मूल्य पर्ने फूलका बिरुवा नष्ट
सुन्नुहोस्

विराटनगर : क्वारेन्टाइनको प्रक्रिया पूरा नगरिकन भारतबाट ल्याइएको भन्दै ६१ लाख बढी मूल्य पर्ने फूलका बिरुवा बिहीबार विराटनगरमा नष्ट गरिएको छ। 

विराटनगर महानगरपालिका–१४ मा हिरा अन्सारीले सञ्चालन गरेको डायमण्ड नर्सरीमा ल्याइएका १२ प्रजातिका ५ हजार १ सय फूलका बिरुवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो। भारतबाट यूपी ६३ एटी ४६७६ नम्बरको ट्रकमा ल्याइएका बिरुवा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीको टोलीले मंगलबार राति विराटनगरबाट नियन्त्रणमा लिएको थियो। 

सशस्त्रले बरामद गरेका बिरुवा ६१ लाखभन्दा बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रका अनुसार नेपालमा एउटा गमलाको मूल्य १ हजार २ सय पर्ने गरेको छ। बिरुवा भारतबाट नेपाल ल्याउँदा कोकोपिट (नरिबलको बोक्रा तथा काठको धुलो) मा ल्याउनुपर्नेमा माटोसहितको गमलामा ल्याएपछि अवैध भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख विश्ववन्धु खड्काले बताए। 

नर्सरीका सञ्चालक अन्सारीले भने सम्पूर्ण भन्सार प्रक्रिया पूरा गरेर आफूले फूलको बिरुवा ल्याइएको बताए। आवश्यक सबै मापदण्ड पूरा गरेर भन्सार चेकजाँच गरी बिरुवा ल्याए पनि माटो भने ल्याउन नपाइने सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरका डीएसपी देवराज विष्टले बताए। उनका अनुसार भारतीय माटोका कारण कीटजन्य जीवजन्तु तथा संक्रामक रोग बढ्न सक्ने भएकाले बिरुवा नियन्त्रणमा लिएर नष्ट गरिएको हो। 

भारतबाट ल्याइएकामध्ये ६ सय बिरुवामा मात्रै माटो भेटिएको थियो। बाँकी बिरुवा कोकोपिटमा राखिएको थियो। नियन्त्रणमा लिएका बिरुवा एरिका प्लामका ७ सय थान, रेड क्याकिरा ५ सय, टिकोम १ हजार, एडेम्म ४ सय, क्रोटोन १ सय, एम्सेवर २ सय, गोल्डेन पाइन २ सय, फिकस लाराटा ५ सय, फोक्साइल्ड प्लाम ४ सय, फिस्टेज प्लाम ४ सय र अन्य प्रजातिका रहेका छन्। 

नर्सरीका सञ्चालक अन्सारीले भने सबै भन्सार चेकजाँच गरी सबै प्रक्रिया पूरा गरेर बिरुवा ल्याएको भएपनि के कारणले सशस्त्रले नियन्त्रणमा लिएको हो भनेर आफूलाई थाहा नभएको बताए। यता प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय मोरङका प्राविधिक प्रदीप यादवले कात्तिक ६ गते विराटनगर भन्सार कार्यालय (आईसीपी)भित्र बिरुवा जेकजाँच गर्दा कुनैपनि बिरुवामा माटो नभेटिएको र कोकोपिटसहितको बिरुवा स्वस्थ्य पाइएको बताए। 

प्रक्रिया पूरा गरेरै बिरुवा नेपाल ल्याउन दिइएको उनको भनाइ छ। त्यसपछि के भयो भनेर आफूहरूलाई थाहा नभएको यादवले बताए। विशेषगरी व्यापारीहरूले भारतबाट सस्तो मूल्यमा बिरुवा नेपालमा ल्याउने र महँगोमा बिक्री गर्ने गरेको बताइएको छ। नेपालमा उत्पादित बिरुवा भारतबाट ल्याइने बिरुवा भन्दा महँगो पर्ने व्यापारीहरू बताउँछन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.