नागरिक उड्डयन प्राधिकरणले गर्‍यो थाई एयर एसियालाई कारबाही

नागरिक उड्डयन प्राधिकरणले गर्‍यो थाई एयर एसियालाई कारबाही
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई कारबाही गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको जानकारी दिए। 

आइतबार थाइल्याण्डबाट काठमाडौं आएको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ गराएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न दिइएको थियो। भूलका अनुसार थाई एयर एसियाको आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिएर अवतरण गराइएको बताए।

प्राधिकरणले तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति, जिएसए पनि रद्द गरिएको छ। थाई एयर एसियाको उडान अनुमति शनिबारसम्म मात्र लिएको थियो। विमानलाई धेरै समय होल्डिङ गर्दा यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.