तिहारे फूलमा आत्मनिर्भर पोखरा

तिहारे फूलमा आत्मनिर्भर पोखरा
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिका पछिल्लो दुई वर्षमा तिहारे फूलमा आत्मनिर्भर हुँदै गएको महानगरपालिका कृषि महाशाखाले बताएको छ। 

दुई वर्ष अघिसम्म पोखरामा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाहिरबाट फूल आउथ्यो। डेढ करोड रकमबराबरका फूल बाहिरी जिल्ला र भारतबाट समेत पोखरामा आउनेमा दुई वर्षअघिदेखि पोखरा आत्मनिर्भर रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियालले बताए। 

तिहारे फूलमा आत्मनिर्भर बनाउन पोखरा महानगरपालिकाले फूलको बिउमा अनुदान दिएसँगै फूल नर्सरी व्यवसायीले मात्र तिहारे फूल उत्पादन गर्दै आएकोमा किसान पनि आकर्षित भएका छन्। किसानले पनि तिहारे फूल उत्पादन गर्ने क्रम बढेसँगै तिहारे फूलमा पोखरा आत्मनिर्भर हुँदै गएको कृषि महाशाखा प्रमुख कडरियाले बताए। 

पोखरा महानगरपालिकाले गत वर्षदेखि किसानलाई फूलको बिउ, बजारी करण गरेको थियो। फूलमा आत्मनिर्भर कार्यक्रम सफल भएर स्थानीय उत्पादन धेरै नै भएको र यसमा पनि छिमेकी जिल्लालगायत अन्यत्रबाट पनि फूल आएपछि मागभन्दा आपूर्ति बढी भएपछि किसानले गत वर्ष मूल्य नपाएको गुनासो गरेको उनले सुनाए। महानगरपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा ८ लाख रुपैयाँको फूलको बिउ किसानलाई वितरण गरेको थियो। null

गत वर्ष तिहारे फूलको मूल्य नपाएपछि फूल लगाउने किसान घटे पनि नियमित गर्दै आएका आएका व्यावसायिक किसान र फूल नर्सरी गर्ने व्यवसायीले भने निरन्तरता दिएका छन्। यस वर्ष पनि महानगरपालिकाले आत्मनिर्भर फूल कार्यक्रमअन्तर्गत तिहारको मौसमलाई केन्द्रित गरेर किसानलाई गत वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै ५० प्रतिशत अनुदानमा ३ लाख रुपैयाँबराबरको फूल किसानलाई उपलब्ध गराएको थियो। यस वर्ष ९० जना व्यावसायिक किसानले अनुदानको फूलको बिउ लगेका थिए। 

तिहारे फूलको थुँगा र मालाको तोकियो मूल्य 

यस वर्ष सय रोपनी जति क्षेत्रफलमा किसानले विभिन्न प्रजातिका तिहारे फूल खेती गरेको पनि महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। यस वर्ष १२ टन तिहारे फूल उत्पादन हुने महानगरपालिकाको अनुमान छ। 

महानगरपालिकाले उपभोक्ताले पनि चर्को मूल्य तिर्न नपरोस् र किसान पनि मर्कामा नपरून् भन्ने उद्देश्यले अन्य बालीको जस्तै तिहारे फूलको पनि मूल्य कायम गरेको कडरियाले बताए। पाँच ग्रामभन्दा माथिको फूलका थुँगाहरूको मूल्य प्रतिकेजी ३ सय ५० तोकिएको छ। यसैगरी सानो खालको फूलको प्रतिमालाको मूल्य १ सय ३० रुपैयाँ, मझौला खालको मालाको प्रतिमाला १ सय ५० र ठूला फूलका थुँगा (१५ ग्रामभन्दा ठूला)का मालाको प्रतिमाला १ सय ८० रुपैयाँसम्म मूल्य महानगरपालिकाले तोकेको छ। 

फूलको थुँगाको रूपमा बिक्री गर्न चाहाने किसानले ठूलो थुँगा प्रतिथुँगा ५ रुपैयाँ,१० देखि १५ ग्राम थुँगालाई ४ रुपैयाँ, ५ देखि १० ग्रामसम्मका थुँगालाई २ रुपैयाँ प्रतिथुँगा बिक्री मूल्य महानगरपालिकाले तोकेको छ। स्थानीय किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री वितरण गर्न सहजताका लागि महानगरपालिकाले पोखराका किसान बजार र रैथाने बजारमा स्थान उपलब्ध गराएको पनि कडरियाले बताए। पोखराको प्रदर्शनी केन्द्रमा सोमबार देखि १७ गतेसम्म पुष्प मेला पनि सुरु भएको छ।

फूल खेतीबाट आम्दानी प्रत्येक वर्ष उतारचढाव

२०७० सालदेखि पोखरामा व्यावसायिक तरकारी र फूलको खेती गर्दै आएको तनहुँका ४९ वर्षीय ऋषिराम भारती फूलको मूल्य प्रत्येक वर्ष उतारचढाव हुने गरेको बताए । भारतबाट फूल आउँदाका वर्ष यो समस्या देखिने उनले सुनाए। भारतका ठूलो क्षेत्रफलमा कम लागतमा फूल उत्पादन हुने तर नेपालमा लागत बढी पर्ने भएकोले पनि यो समस्या आएको किसानले बताएका छन्। 

भारतीले साढे दुई रोपनी जमिनमा तिहारेफूल खेती गरेका छन्। सयपत्रीमा पनि कर्म ५५५ लगायत विभिन्न प्रजातिका २५ सय फूल रोपेका उनको बारीमा यतिबेला फूलले सुन्दरता छरेको छ। यस वर्ष उत्पादन राम्रो छ। तर बजारको सुनिश्चितता नभएको उनले सुनाए। फूल उत्पादनमा ५५ हजार लगानी गरेका भारतीले २ लाख ५५ हजार आम्दानी हुने विश्वास गरे। गत वर्ष ४ रोपनी क्षेत्रफलमा तिहारे फूल लगाएको र ८ देखि १० लाख आम्दानी हुने विश्वास गरिएकोमा २ लाख रुपैयाँबराबरको मात्र बिक्री गर्न सकिएको उनले सुनाए। ५० प्रतिशतभन्दा बढी फूल बारीमै सुकेर गएको उनले बताए। 

पोखरा— २६ की किसान सरु जोशीको परिवारले यस वर्ष ४ रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन्। यस वर्ष तिहारे फूलको बिक्री कस्तो हुन्छ भन्ने अहिलेसम्म यकिन नभएको उनले सुनाइन्। तरकारी जस्तो फूलमा किरा नलाग्ने भएकोले उत्पादन गर्न सजिलो तर मूल्य पाउन मुस्किल पर्ने गरेको जीसीले बताइन्। गत वर्ष ८ रोपनीमा फूल लगाएकोमा मूल्य नै नपर्दा खर्च पनि नउठेर धौ धौ भएको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.