नेप्सेमा झिनो गिरावट
काठमाडौं : दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ।
आज नेप्से परिसूचक शून्य दशमलव २१ अंकले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा अडिएको छ। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लागेकोमा ६ उपसमूहको भने ओरालो लागेको छ। यसदिन कूल ९७ लाख १३ हजार सात सय ३० कित्ता सेयर चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ मा कारोबार भयो।
सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त नौ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर नौ दशमलव ५१, गुराँस लघुवित्त नौ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७५ प्रतिशतले कमाएका छन्।
त्यसैगरी मिड सोलु हाइड्रोपावर १०, अप्पर स्यांगे हाइड्रोपावर आठ दशमलव ९४, सामलिङ पावर कम्पनी छ दशमलव ४९, एक्सेल डेभलपमेन्ट बैंक पाँच दशमलव ९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले पाँच दशमलव ९१ प्रतिशतले गुमाएका छन्।