प्रस्तावित दुई न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको हो।
समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले न्याय परिषद्बाट सिफारिस भएका उनीहरूको नाम अनुमोदन भएको बताए। उनीहरूको योग्यता, क्षमता र अनुभवको आधारमा निरौला र पाण्डेको नाम अनुमोदन गरेको उनले बताए।