गृहजिल्ला आइपुगे सभापति देउवा, अपुरा योजना पूरा गर्ने प्रतिबद्धता

गृहजिल्ला आइपुगे सभापति देउवा, अपुरा योजना पूरा गर्ने प्रतिबद्धता
सुन्नुहोस्

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला आइपुगेका छन्। आमनिर्वाचनपछि उनी पहिलोपटक गृह जिल्ला आइपुगेका हुन्। देउवा एक साता लामो बसाइका लागि सोमबार गृह जिल्ला डडेलधुरा आइपुगेका हुन्।

सोमबार कांग्रेस सभापति देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे। त्यहाँ उनले कार्यकर्ता भेटघाटमा जिल्लाका अधुरा योजना सम्पन्न गर्ने प्रतिवद्धता जनाए। रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा-६ र १२ जोड्ने रंगुन नदी र सलुन-शीर्ष-रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रेलगायतका योजना सम्पन्न गर्ने उनले विश्वास दिलाएको डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।

सभापति देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला)मा सहभागी हुनेछन्। त्यस्तै नेता-कार्यकर्तासँगको भेटघाट पनि गर्ने सभापति साउदले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.