१५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्छौं : कुलमान घिसिङ

१५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्छौं : कुलमान घिसिङ
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महसुल नबुझाएका उद्योगहरूको लाइन पुनः जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताए। यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढेको बताए। 

ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको अवस्थामा उद्योगीहरूले बक्यौता तिर्नैपर्ने उनको भनाइ छ। उनले अब ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल दिर्घकालीन रूपमा नै समाधान हुनुपर्ने बताए। ट्रंक तथा डेडिकेटेड विद्युत् महसुसको विषय सरकार, प्राधिकरणमात्रै नभइ आम जनसरोकारको विषय भएको उनले बताए।

घिसिङले विभिन्न समस्याका कारण अहिले अन्य विद्युत् महसुल उठाउन पनि समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने उल्लेख गरे। त्यस्तै उनले विद्युत् महसुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरूले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.