भक्तपुरमा वृद्धाको शव फेला

भक्तपुरमा वृद्धाको शव फेला
सुन्नुहोस्

काठमाडौं : भक्तपुर नगरपालिका-३ स्थित दरबार स्क्वायरमा ९४ वर्षीय वृद्धा मृत फेला परेकी छन्। दरबार स्क्वायर पछाडि गल्लीमा रहेको आफ्नै घरमा ९४ वर्षीय विष्णु कुमारी त्वयनाको शव फेला परेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डीराज न्यौपानेका अनुसार दुवै खुट्टामा कपडाले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा उनको शव फेला परेको हो। 

प्रवक्ता न्यौपानेले भने, ‘कच्ची इँटा र ढुंगाले बनेको पाँच तले घरमा उनी एक्लै बस्ने गरेकी थिइन। आफ्नै घरको चौथो तल्लामा उनलाई कसैले हत्या गरेको हुनसक्ने अवस्था छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा उनका ४ जना छोरा र २ जना छोरी रहेका छन्। सबै छोराहरू सूर्यविनायक तिर बस्ने गर्थे। घरमा एक्लै बस्ने विष्णुकुमारीको श्रीमानको २४ वर्षअघि मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि एक्लै बसेकी विष्णुकुमारी आफैं पकाउने खाने र दरबार स्क्वायर घुम्न जान आउने गर्थिन्। उनको घरमा अन्य तलामा भाडामा बस्नेहरू रहेका थिए। 

नेपाल प्रहरी केनाइन कार्यालयबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको डीएसपी न्यौपानेले बताए। पोस्टमार्टमका लागि मृतकको शव दुवाकोटस्थित नेपाल मेडिकल कलेजमा पठाइएको छ। 

मृतकका छोराहरूले आफूले आमालाई दुई महिनादेखि नभेटेको बताएका छन्। पारिवारिक विवादपछि एक्लै बस्दै आएकी विष्णुकुमारीको हत्या कसले र किन गर्‍यो प्रहरीले अनुसन्धान गर्दैछ। अनुसन्धानका लागी तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। हत्या आरोपमा अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रवक्ता न्यौपानेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.