राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा दिएन उम्मेदवारी, २६ स्थानीय तहमा को-को उठे ?

राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा दिएन उम्मेदवारी, २६ स्थानीय तहमा को-को उठे ?
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले २६ स्थानीय तहमा उम्मेदवार उठाएको छ। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन‌मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट २६ स्थानीय तहमा उम्मेदवार दिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए।

रास्वपाले काठमाडौंको किर्तिपुर नगरपालिका भने उम्मेदवारी दिएको छैन। कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर,  नेपाली कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रका शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जन लगायतले उम्मेदवार दर्ता गराएका छन्। एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको छैन।

आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।

यी हुन् रास्वपाका उम्मेदवार

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.