ब्रेक फेल भएको बस भित्तामा ठोक्काएर चालकले जोगाए ३५ जनाको ज्यान

ब्रेक फेल भएको बस भित्तामा ठोक्काएर चालकले जोगाए ३५ जनाको ज्यान

चितवन : पहाडी भेगमा रहेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय आकर्षणको केन्द्र हो । ऐतिहासिक थलोको अवलोकनसहित वनभोज सकेर विद्यार्थी बोकेर पदमपुरको चित्रवन माविको बस ओरालो लाग्यो । 

भिरालो बाटो झर्दै गरेको बसको द्रब्यटार आएपछि एक्कासि ब्रेक फेल भयो । ब्रेक फेल भएको बसको स्टेरिङमा थिए बसका चालक जितेन्द्र चौधरी । उनले  बसको ब्रेक फेल भएपछि विधार्थीलाई जोगाउन लागे । 

उपाय केही नलागेपछि बसलाई सडक छेउको भित्तामा ठोक्काए । उनले बस मात्रै ठोक्काएनन , बसमा रहेका ३२ जनाको ज्यान जोगाए । ‘ दुई वटा मोड सहजै पार गरेपछि ब्रेकले काम गरेन । पहिला आफूलाई सम्हाले अनि बसका विद्यार्थी कसरी जोगाउने भन्नेतिर लागें’, जीतेन्द्रले भने, ‘त्यसपछि बसमा रहेकाहरुको ज्यान जोगाउनतिर सोच आयो । ठूलो घुमाउरो बाटो आएपछि बसलाई भित्तोमा ठोक्काएँ। ’ 

वनभोजमा गएर फर्कने क्रममा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।  चितवनको पहाडी भेग उपरदाङगढीमा वनभोज खाएर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस शनिवार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षिका घाईते भएका छन् । 

ब्रेक फेल भएको थाहा पाएपछि सहचालक गोविन्द पौडेल विद्यार्थीलाई क्याविनबाट पछाडिको सिटमा सारेका थिए ।  यसबाट ठूलो मानविय क्षति हुनबाट जोगियो । 

कक्षा ५ देखि १० कक्षासम्मका विधार्थी र शिक्षक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । २२ जनाको चितवन मेडिकल कलेजमा  र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको चितवन प्रहरी प्रमुख गौतम मिश्रले बताए । बसमा  ३० जना विद्यार्थीसहित ३२ जना चढेका  थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.