नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यता फेरिस्थापित होस् : प्रधानमन्त्री ओली

नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यता फेरिस्थापित होस् : प्रधानमन्त्री ओली
धरहरामा ट्रफीसहित एनपीएलमा सहभागी टिमका क्याप्टेन र प्रधानमन्त्री ओली। तस्बिर : प्रम सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् भन्ने कामना गरेका छन्। ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपीएल) को  ट्रफीको आज अनावरण गर्दै उनले नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यता फेरि स्थापित होस् भन्ने आग्रह गरेका हुन्। 

प्रधानमन्त्री ओलीले भने,‘नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस्। नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्। क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो।’

ओलीले खेलमा आफू सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहने धारणा राखे। उनले एनपीएलले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए। ‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन। खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ। सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहान्छु’उनले भने।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.