धरहराबाट एनपीएलको ट्रफि अनावरण

खेलकुद क्षेत्रका लागि आज विशेष दिन हो, एनपीएलले पर्यटनमा पनि सघाउँछ : प्रधानमन्त्री

खेलकुद क्षेत्रका लागि आज विशेष दिन हो, एनपीएलले पर्यटनमा पनि सघाउँछ : प्रधानमन्त्री
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वपूर्ण र ऐतिहासिक दिन भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफि अनावरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले खेलाडीको सपना आगामी पुस्ताका लागि पनि प्रेरणा हुने बताएका हुन्।

null

उनले ऐतिहासिकस्थल धरहराबाट क्रिकेटको नयाँ सपना उजागर भएको धारणा राखे। क्रिकेट खेल मात्र नभई राष्ट्रिय जागरूकता र अनुशासनको प्रतिकसमेत रहेको उनको भनाई छ। उनले एनपीएलले देशको पर्यटनमा पनि सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। अहिलेको पुस्ताले नेपाली खेलाडीको मेहनतलाई गौरवका साथ अंगालेको उल्लेख गरे। 

उनले भने, ‘नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपीएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताका लागि प्रेरणा प्रदान गर्दछ। विश्वभरि छरिएर रहेका हाम्रा क्रिकेट प्रेमीहरू मात्र होइन अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अंगालेका छन्।’

ओलीले सम्बोधनका क्रममा एनपीएलमा सहभागी टीमका कप्तानको नाम नै लिएर प्रशंसासमेत गरेका थिए। उनले विश्वकप खेलेका खेलाडी नेपालको एनपीएलमा सहभागी हुनु गौरवको विषय भएको बताए।

null

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलमा ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी रहने भएका छन् । एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.