सरकार पूर्णरूपमा असफल भएको राप्रपाको निष्कर्ष

सरकार पूर्णरूपमा असफल भएको राप्रपाको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ। आइतबार काठमाडौंमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसमिति बैठकले एमाले-कांग्रेसको गठबन्धनको वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

आर्थिक गतिविधिलाई चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको उनले बताए।

राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि भन्दै बनेको सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाको निष्कर्ष छ। त्यस्तै बैठकले कांग्रेस-एमाले दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेत देखा परेको ठहर गर्दै संसदलाई छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको देखिएको लिङ्देनले बताए।

बैठकले पार्टीको आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको उनले जानकारी दिए। उनले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आए पनि ८४ सम्म सरकारमा नजाने प्रष्ट पारे। लिङ्देनले पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए।

राप्रपा बैठकले महाधिवेशन गर्न बाँकी रहेका पार्टीका भातृ संगठनहरूको महाधिवेशन २०८१ चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ भने समान विचार भएका व्यक्ति, समूह र दलसँग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.