दिवङ्गत पितृका नाममा शतबीज छरियो

दिवङ्गत पितृका नाममा शतबीज छरियो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : दिवङ्गत पितृका नाममा शनिबार बिहानै विभिन्न धार्मिक स्थलमा भक्तजनहरुले शतबीज छरेका छन्। शुक्रबार साँझ पितृको नाममा बत्ती बालेका उनीहरूले आज बिहान दीप नदिमा सेलाएर शतबीज छरेका हुन्।

रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ।  यसो गरेमा दिवङ्गत पितृहरुले शान्ति पाउने धार्मिक विश्वास छ। 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति आउने गर्छन्। 

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । नेपालीमा 'शतम्' को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ। तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । आज श्रद्धालु भक्तजनहरुको बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार रातिदेखि बत्ती बाल्ने ठाउँ व्यवस्थापन गर्न देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो।

शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शनिबार बिहान मिलाइएको छ ।

बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ। पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.