उद्योगधन्दा कौडीको मोलमा बेच्नेहरूले नै बीआरआईको विरोध गरेका छन्

बीआरआई अधिकांश देशमा सफल भएको छ, नेपालमा पनि विवाद नगरि स्विकारौं : पूर्वप्रधानमन्त्री खनाल

बीआरआई अधिकांश देशमा सफल भएको छ, नेपालमा पनि विवाद नगरि स्विकारौं : पूर्वप्रधानमन्त्री खनाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनुपर्ने बताएका छन्।

चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले बीआरआई अधिकांश देशमा सफल भइसकेकाले यसमा विवाद नगरि स्वीकार गर्नुपर्ने धारणा राखेका हुन्।

उनले बीआरआई कारण मुलुक ऋण पासोमा फस्न सक्ने भन्दै केहीले गलत तर्क गरिरहेको समेत धारणा राखे। नेपालमा निर्माण भएको उद्योगधन्दाहरु कौडीको मोलमा बेच्नेहरुले नै बीआरआईको विरोध गरिरहेको उनको आरोप छ ।

खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईसम्बन्धी सम्झौता गर्नुपर्ने सुझाव दिए। उनले आफू चीनमा हुने परराष्ट्र मामिलासम्बन्धी विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.