‘बीआरआई कांग्रेस र एमाले समझदारीमै अगाडि बढ्छ’

ऋणमा कुनै परियोजना अघि नबढाउने जानकारी चीनलाई गराएँ : परराष्ट्रमन्त्री राणा

ऋणमा कुनै परियोजना अघि नबढाउने जानकारी चीनलाई गराएँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अहिले कुनै पनि परियोजना ऋणमा अघि बढाउन नसक्ने कुरा चीनसमक्ष राखेको बताएकी छन्। शनिबार चीनबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भ्रमणका क्रममा नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको र अनुदानमा चीनको सहयोगको अपेक्षाबारे जानकारी गराएको बताइन्। 

राणाले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताइन्। ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ। यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ।’

परराष्ट्र मन्त्री राणाले बीआरआईबारे सत्तारुढ कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार नै अगाडि बढ्ने भन्दै गहन अध्ययन समेत गरिएको धारणा राखिन्।‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ। त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पनि यस विषयमा थप कुराकानी हुने उनको भनाइ छ। 

दुई देशको पारस्परिक सम्बन्धलाई अघि बढाउने र यसअघिका सहमति र समझदारीलाई समेत कार्यान्वयन गर्ने विषयमा चीन भ्रमणका क्रममा छलफल भएको उनले जानकारी दिइन्। सो अवसरमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको मन्त्री राणाले बताइन्। 

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.