गोरखा ५ मा वडाअध्यक्ष चयनका लागि मतदाताको उत्साह

गोरखा ५ मा वडाअध्यक्ष चयनका लागि मतदाताको उत्साह
सुन्नुहोस्

गोरखा : गण्डकी प्रदेशभर एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका–५ को वडाअध्यक्ष पदका लागि आइतबार बिहानैदेखि मतदात सुरु भएको छ । 

गोरखकाली आधारभूत विद्यालय र शिवशक्ति आधारभूत विद्यालय मतदान केन्द्रमा बिहान निर्धारित समयदेखि नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत शिववहादुर रानाभाटले जानकारी दिए ।

दुई केन्द्रमा गरी दुईहजार दुईसय २५ जनाले मतदान गर्दैछन् । शिवशक्ति आधारभूत विद्यालय केन्द्रबाट १ हजार ५०१ जना मतदाता र गोरखकाली आधारभूत विद्यालयबाट ७ सय २४ मतदाताले मतदान गर्दैछन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने उनले बताए । 

यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन  भएको हो । चुनावमा नौ दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । 

शिवशक्ति आधारभूत विद्यालय अमराईमा मतदान हुँदै।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.