बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान शान्तपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।
उपाध्यक्ष चयनका लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्र तोकिएको पोखरेलले बताए । स्वामीकार्तिक खापर गउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली काँग्रेशबाट पुल्तिसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही उम्मेदद्वारा छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारा दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी फिर्ता लिएकी हुन् ।
०७९ सालको स्थानीय निर्वाचनमा रुख चिन्हका उम्मेदार नेपाली काँग्रेसबाट मैना जोशीले १ हजार ८ सय १० मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी सूर्य चिन्हबाट नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गरेकी थिइन्।
स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन् । त्यसै गरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाता रहेका निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महत्तले जानकारी दिए।